निजगढ नगरपालिकाले ६५ जनालाई सम्मान गर्‍यो – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

निजगढ नगरपालिकाले ६५ जनालाई सम्मान गर्‍यो

बारा । बाराकाे निजगढ नरपालिकाले हालै एक समारोहका बीच विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । नगरपालिकाको तर्फबाट समाजका प्रतिष्ठीत व्यक्तिहरुलाई सम्मान गरेको हो । निजगढ नगरपालिकाका पूर्वजनप्रतिनिधिहरु, विद्यावारिधी उपाधि हासिल गर्ने व्यक्तिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरु, समाजसेवीहर तथा २०४६ र ०७२÷०६३को जनआन्दोलमा शहिद तथा घाइतेहरुलाई उक्त नगरपालिकाले सम्मान गरेको हो ।

उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि खानेपानी एवम् नेपाली काँग्रेसका सह–महामन्त्री उमाकान्त चौधरीले एक समारोहकाबीच सम्मान गरेका हुन् । जसअनुसार सम्मान हुनेहरुमा स्व. वीर बहादुर थापा, स्व. रुद्र प्रसाद सिग्देल, स्व. ठेड बहादुर राउत, एक बहादुर श्रेष्ठ, सन्त बहादुर राउत, पुरुषोत्तम पौडेल, पञ्चुराम गुरो, मान बहादुर गोले, स्व. बुद्धिमान गोले, स्व. हिरा सिं खड्का, स्व. बल बहादुर लुङ्बा, स्व. वीर बहादुर थिङ, स्व. भुपाल सिंह लामा, हिरा बहादुर तिमल्सिना, स्व. विष्णु कुमर, स्व. नगीना साह, स्व. नन्दिकेशर न्यौपाने, स्व. कृष्ण प्रसाद सापकोटा, स्व. बल बहादुर थापा, अम्बिका प्रसाद चौंलागाई, मोहन बहादुर खड्का, भक्त बहादुर डाँसेली, चन्द्र बहादुर स्याङतान, राम कुमार अधिकारी, गोपीलाल न्यौपाने रहेका छन् ।

त्यसैगरी प्रमोद शर्मा दाहाल, दिनेश शर्मा, कृष्ण मुरारी खड्का, कुमार बहादुर कार्की, यान कुमारी चौलागाईं, अस्मिता बस्नेत, निरुता उप्रेती, स्व. झलक बहादुर थापा, स्व. विर्ख बहादुर लामा, स्व. विष्णु बहादुर लामा, रामप्रसाद सापकोटा, तुलसी नयौपाने, स्व सीतादेवी थापा, स्व. हिरालाल गौतम, सुदर्शन अर्याल, सीता चौंलागाई, रामकुमार सिग्देल, शिवहरि रिमाल, युवराज लामा, कृष्ण प्रसाद उपाध्याय, स्व. ललित बहादुर बुढाथोकी, बद्रि सिग्देल, चन्द्र सिह लामा, दामोदर सिग्देल, भोजराज अधिकारी, जयराम दवाडी, बालकृष्ण खरेल, अवतार सिंह लामा, स्व. लाल बहादुर श्रेष्ठ, स्व. मदन लाल श्रेष्ठ, रामकृष्ण ढकाल, रञ्जना धामी, सजना खतिवडा, श्रीराम पाण्डे, ध्रुब घिमिरे, विशाल लामा, थलप्रसाद गौतम, भवनाथ अर्याल, टेक बहादुर लामा रहेका छन् ।

पालिका प्रमुख सुरेश कुमार खनालले सम्मान कार्यक्रममा सम्बोधन गने क्रममा स्थानीय निर्वाचन पश्चात स्थानीय सरकारको रुपमा लगभग ५ बर्ष कार्य पुरा हुनै लागेको छ। स्थानीय सरकारको रुपमा यस क्षेत्रको सर्बाङ्गिण विकास तथा नागरिकहरुलाई गुणस्तरीय सेवा सुविधा प्रदान भएको बताएका छन् ।

सडक पूर्वाधारको विकास र बिस्तार, गुणस्तरीय शिक्षा, निःशुल्क खानेपानीको सेवा, कृषि क्षेत्रको आधुनिकीकरण र बिस्तारीकरण, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान, विपद व्यवस्थापन, संस्थागत क्षेत्रको विकासका लागि निजगढ नगरपालिकाले उत्कृष्ट कार्य गरेको दाबी गरेका छन् ।

सम्मान कार्यक्रम यस नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण पूर्व जनप्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता खेलाडीहरु, ख्यातीप्राप्त कलाकारहरु, समाजसेवीहरु, विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्तिहरु, २०४६ र २०६२÷०६३ सालको जनआन्दोलनका घाईतेहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनुहुने सम्पूर्ण व्यक्तित्वहरुलाई सम्मान समेत प्रदान गरेका छन् ।

निजगढ नगरपालिकाको साविकको गाउँ पञ्चायत, गा.वि.सहरुको पूर्व जनप्रतिनिधिको रुपमा यहाँहरुले विकासमा गर्नु भएको योगदान अतुलनीय रहेकाले यस क्षेत्रबाट विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल क्षेत्रमा सहभागी भई यस नगर तथा राष्ट्रकै पहिचान एवं स्वाभिमानमा खेलाडीहरुले पुर्याउनु भएको योगदान प्रशंसनीय रहेको बताए ।

निजगढ नगरपालिका क्षेत्र भित्र जन्मिई विधावारिधिसम्मको उपाधि हासिल गरी देशको शिक्षाको क्षेत्रमा गरेको योगदानको कदर सदैव नगरपालिकाले गर्ने बताउँदै विज्ञता र अनुभवलाई निजगढको विकास र समृद्धिमा थप टेवा पुग्ने विश्वास गरेका छन् ।
निजगढ नगरपालिका क्षेत्र भित्र विभिन्न समाजसेवाको कार्यमा हरदिन लागि पर्नु हुने व्यक्तित्वहरुलाई हृदय देखि नै नमन गर्दै ख्याती प्राप्त कलाकारहरुले आफ्नो कलाको माध्यमबाट निजगढ तथा देशकै पहिचानमा पुर्याउनु भएको योगदान प्रशंसनीय रहेको बताए ।

प्रजातन्त्र एवं जनताको अधिकारलाई स्थापित गर्न २०४६ तथा २०६२÷०६३ को जनआन्दोलनमा त्याग र बलिदान गरेका महान सहीद तथा घाईतेहरुको नगर तथा राष्ट्रले सदैव सम्मान एवं कदर गर्ने बताए । यस नगरपालिकाको सर्बाङ्गिण विकासमा आगामी दिनमा थप क्रियाशील एवं सशक्त भएर लाग्न समेत आग्रह गरे ।

स्थानीय सरकारले आयोजना गरेको सम्मान कार्यक्रमले नगर र राष्ट्रको लागि योगदान गर्नुहुने व्यक्तित्वहरुको उचित मूल्याङ्कन भएको हुँदा आ–आफ्नो कार्यक्षेत्रमा थप क्रियाशील भई लाग्न अभिप्रेरित गर्नेछ भने निजगढ नगरपालिका कै सर्वाङ्गिण विकासमा थप टेवा पुग्ने विश्वास रहेको बताए । यसबाट आउने पुस्ताहरुलाई समेत राष्ट्र एवं समाजको विकास तथा सामाजिक क्षेत्रमा कार्य गर्नलाई थप उत्प्रेरित गर्ने विश्वास लिएको पालिका प्रमुख खनालको भनाई छ ।

नगरपालिका तथा राष्ट्रको विकासमा योगदान गर्ने व्यक्तित्वहरुलाई आगामी दिनहरुमा पनि निजगढ नगरपालिकाले यस्तो सम्मान कार्यक्रम राख्दै जाने विश्वास दिलाए ।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरुलाई पुनः बधाई एवं सम्मान व्यक्त गर्दै पालिका खनालले कार्यक्रलाई सफल बनाउन भूमिका खेल्ने सम्पूर्ण जनप्रतिनिधिहरु, नगर कार्यपालिकाको कार्यालय, निजगढका प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरु, राजनैतिक दलका प्रमुखहरु, संचारकर्मीहरु, सुरक्षाकर्मीहरु, निजगढ बैंक्युट लगायत अन्य सहयोगीहरुमा धन्यवाद व्यक्त समेत गरेका छन् ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७८ फाल्गुन २९, १४: ००

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७८ फाल्गुन २९, १४: ००

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७८ फाल्गुन २९, १४: ००

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...