वर्तमान काँग्रेस नेतृत्वको सरकारले शिक्षकहरुका निम्ति उल्लेखीय कार्य गरेको छः सहमहामन्त्री आङदम्वे – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

वर्तमान काँग्रेस नेतृत्वको सरकारले शिक्षकहरुका निम्ति उल्लेखीय कार्य गरेको छः सहमहामन्त्री आङदम्वे

धनकुटा । नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदम्बेले शिक्षकहरु परिवर्तनको संवाहक भएकाले शिक्षकहरुले निरन्तर देश र जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । नेपाल शिक्षक संघ धनकुटाको नौ औ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा केन्द्रिय सहमहामन्त्री आङदम्वेले उक्त कुरा बताएका हुन् ।

नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको पनि महत्वपूर्ण भुमिका रहेको बताउँदै अहिलेको वर्तमान नेपाली काँग्रेस नेतृत्वको सरकारले द्वन्द्व पिडित शिक्षकहरु लगायत सम्पूर्ण नेपाली शिक्षकहरुको पक्षमा उल्लेखनीय कामहरु गरेको उल्लेख गरे ।

त्यसैगरी नेपाल शिक्षक महासंघका केन्द्रीय महासचिव लक्ष्मी किशोर सुवेदीले नेपाली कांग्रेसको सरकारले शिक्षा सेवा आयोगको परिक्षा गरी नजितासमेत प्रकाशित गरेको, शिक्षकहरुलाई स्थायी बनाउने, उपदान दिने, तलव बृद्धी गर्ने कार्य लगायत धेरै कामहरु गरेको उल्लेख गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री सुनिलबहादुर थापाले शिक्षकहरु समाजको ऐना भएको बताए । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले शिक्षकहरु कांग्रेसको तारा भएको बताए । त्यस्तै नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले शिक्षा नीतिमा परिर्वतन गरी शिक्षालाई उत्पादन मुलुक र व्यावसायिक बनाउनु पर्नेमा जोड दिए ।

नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्रबहादुर लिम्बुको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाल टे«ड युनियन कांग्रेसका सहमहामन्त्री ज्योती कोईराला, नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, महासचिव ऋषि कोईराला, महासचिव अर्थ रामकुमारी भण्डारी, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य खड्गबहादुर थापा, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, शिक्षक युनियन झापाका पूर्व अध्यक्ष तेज प्रसाद चौलागाई, नेपाल शिक्षक संघ मोरगका पूर्व अध्यक्ष शिव राज कोईराला, अखिल नेपाल शिक्षक संगठन धनकुटाका अध्यक्ष चन्द्र एवाई, नेपाल प्रगतिशिल शिक्षक संगठनका केन्द्रिय सदस्य भक्त खड्का, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोग, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, नेपाल शिक्षक संघ धनकुटा नगरपालिकाका अध्यक्ष लक्ष्मी सापकोटाले शिक्षकहरुको भौतिक तथा पेशागत सुरक्षाका लागि सबैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।

उद्घाटन कार्यक्रममा नेपाल शिक्षक संघ धनकुटाका संस्थापक अध्यक्ष स्वर्गीय शिवनाथ श्रेष्ठलाई मरोणप्रान्त लोकतान्त्रिक शिक्षक पुरस्कार १० हजार सहित प्रदान गरी सम्मान गरिएको थियो भने निबृत्त शिक्षकहरुलाई अक्षकोष स्थापनामा नगद सहयोग गर्नु हुने शिक्षकहरुलाई सम्मान गरिएको नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुले जानकारी दिए । कार्यक्रममा स्वागत मन्तव्य नेपाल शिक्षक संघ धनकुटाका महिला उपाध्यक्ष दिल कुमारी राईले र कार्यक्रमको संचालन सचिव अर्थ रोहिणी पाण्डे र सहसचिव शोभा बरालले गरेका थिए ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७८ चैत्र २७, १२: २०

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७८ चैत्र २७, १२: २०

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...

सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
  • २०७८ चैत्र २७, १२: २०

काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...