सिक्किममा १० नेपाली बेपत्ता – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सिक्किममा १० नेपाली बेपत्ता

इलाम । इलामका १० जना नेपाली भारतमा बेपत्ता भएका छन् । इलाम नगरपालिका–९ का स्थानीय असोज १६ देखि सिक्किममा बेपत्ता भएको बताइएको छ । काम गर्न गएका उनीहरु असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएको हुन सक्ने अनुमान छ ।

टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तसँग सम्पर्कविहीन भएको स्थानीय विक्रमबाबु फियाकले बताए । सरकारबाट तदारुकताका साथ खोजी गरिदिन बेपत्ता परिवारको आग्रह छ ।

बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलगाय रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई यसअघि नै जानकारीमा आएको भए पनि बस्नेतलगायत अन्यको विषयमा थाहा नभएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० आश्विन २३, २१: ०७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० आश्विन २३, २१: ०७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० आश्विन २३, २१: ०७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...