निर्लज्जताको पराकाष्टा, चिनी पैंचो माग्दै सरकार – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

निर्लज्जताको पराकाष्टा, चिनी पैंचो माग्दै सरकार

काठमाडौं । चाडपर्वका बेला सरकारले ५० हजार टन चिनी जीटूजी मार्फत भारतबाट ल्याउने घोषणा गरेको थियो । त्यहीअनुसार भारतलाई साउन ५ मा चिठी पठायो । तर भारतले चिनी निर्यातमा बन्देज लगाइदियो ।

भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रण गर्न भन्दै जुन १ देखि अक्टोबर ३१ सम्म निर्यातमा रोक लगाएको हो । अहिले नेपाली बजारमा चिनीको कृत्रिम अभाव सुरु भएको छ । अर्थ मन्त्रालयलाई चिठी पठाउँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार हस्तक्षेपका लागि भनेर ६० हजार टन सहुलियतको चिनी ल्याउने पहल अघि बढाउन आग्रह गरेको छ ।

तर अर्थले सुनेको नसुनेझै गरेको छ । भदौ अन्तिमतिर २० हजार टन चिनी आयातका लागि ५० प्रतिशत भन्सार महसुल छुटमा आयात गर्न अर्थले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुमति दियो ।

अर्थले स्वीकृत गरेको परिमाणमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयातको जिम्मेवारी पाए । तर अहिले साल्टले ल्याउने भनेको चिनी आउने अवस्था नरहेको देखिएको छ । बजारमा चिनी नभएकै कारण मूल्य छोइनसक्नु उपभोक्ता बताउँ छन्  ।

धेरैजसो पसलमा १५० रुपैयाँसम्म मूल्य तिर्न उपभोक्ता बाध्य छन्  । चिनीको बजार नियन्त्रणबाहिर गएको छ । यही अवस्थालाई देखेर सरकारले उद्योगी गुहारिरहेको छ । आफूले ल्याउन नसकेपछि उद्योगीसँग पैंचोमा चिनी मागिरहेको छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० आश्विन २४, ०७: २०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० आश्विन २४, ०७: २०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० आश्विन २४, ०७: २०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...