काठमाडाैं । दशैँ नजिकिएसँगै उपत्यका छाड्नेको संख्या ह्वातै बढेकाे छ । मुख्य नाका कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका क्षेत्रबाट घर फर्किनेको भीड बढ्न थालेकाे छ ।
बालाजुलगायतका स्थानबाट बाहिरिने यात्रुको चाप अत्याधिक बढेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले जनाएको छ ।
दैनिक ५० हजारबढी यात्रुले उपत्यका छाड्ने गरेकाे महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । सरकारले लामो दूरीका लागि असोज २२ गतेदेखि अग्रिम बुकिङ खुला गरेकाे हाे ।
बिहानदेखि बेलुकीसम्म गोँगबु, कलंकी, कोटेश्वरलगायतका बसपार्कमा टिकट लिनेको भिड लाग्ने गरेको छ । हालसम्म ९८ हजारबढीले घर जानका लागि टिकट लिएको महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए ।
काउन्टरमा आएर ७८ हजार यात्रुले टिकट लिएकाे सिटाैला जानकारी दिए ।
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...