काठमाडाैं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना सुरू भएकाे छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैँ शुरू भएको मानिन्छ ।
आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घर घरमा घटस्थापना गरिदै छ । विजया दशमीकाे शुभकामना दिदै भूमिका नेपालले काठमाडाैकाे व्यस्त चाेक कलंकीमा नवदुर्गाकाे मूर्ति राखेर पुजा आरधना सुरू गरेकाे छ ।
अहिले कलंकिमा भक्तजनकाे भीड लागेकाे छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
ललितपुरकाे कुपन्डाेलबाट ल्याईएकाे मूर्ति आज कामपा १४ नं वडामा ल्याईएकाे हाे । नाै दिन सम्म कलंकीमा रहने सस्थाका अध्यक्ष सरिता उप्रेती र उपाध्यक्ष दिलिप कुमार कार्कीले बताए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...