विशेष सूचनाको आधारमा प्रहरीले बरामद गर्यो ठूलो परिमाणमा चोरीपैठारीका सामान – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

विशेष सूचनाको आधारमा प्रहरीले बरामद गर्यो ठूलो परिमाणमा चोरीपैठारीका सामान

वीरगन्ज । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले चोरीपैठारी गरी भित्र्याइएका कम्प्युटर, ल्यापटप तथा पार्टस ठूलो परिमाणमा बरामद गरेको छ ।

एडी कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहको घरबाट ५१ लाख २६ हजार मूल्य बराबरको कम्प्युटर, ल्यापटप तथा इलेक्ट्रोनिक्स सामान बरामद गरेको हो ।

भन्सार छली अवैध तरिकाले भित्र्याइएका इलेक्ट्रोनिक्स सामान सिंहको चार तल्ले घरको भुइँतलाको कोठामा भण्डारण गरिरहेको अवस्थामा फेला पारेको डीएसपी कुमारविक्रम थापाले बताए ।

चोरी पैठारी गरेको खुलेकाले बरामद सामग्री आवश्यक कारबाहीका लागि आज राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको थापाले बताए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० आश्विन २८, २०: ५३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० आश्विन २८, २०: ५३

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० आश्विन २८, २०: ५३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...