काठमाडौं । यसवर्षको मनसुनबाट देशभर विपदजन्य घटनामा ९२ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । एक सय ६८ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले बताए ।
मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका कारण मृत्यु भएको उनको भनाइ छ । प्राधिकरणले मंगलबार सिंहदरबार पत्रकार भेटघाट गरेर मनसुनका समयमा पहिरोका चार सय ५९, बाढीका एक सय ४२, भारी वर्षाका एक सय ६८ र चट्याङका एक सय २३ घटना भएको जानकारी दिए ।
यसपटक १३ दिन ढिला गरी मनसुन असोज २८ गते बाहिरिएको जानकारी दिए । यसवर्ष मनसुन एक सय २४ दिन रहेको महाशाखाले जनाएको छ । मनसुन पूर्वानुमान गरेअनुसार नै कम वर्षा भए पनि ठाउँठाउँमा ठूलो क्षति हुनेगरी भारी वर्षासँगै बाढीपहिरो आएको ठहर छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...