बीपी राजमार्गमा गाडी दुर्घटना हुँदा एकको मृत्यु आठ जना घाईते – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

बीपी राजमार्गमा गाडी दुर्घटना हुँदा एकको मृत्यु आठ जना घाईते

काभ्रे । बीपी राजमार्ग अन्तर्गत पनौती नगरपालिका वडा नम्बर ५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारी अनुसार आज विहान दुर्घटना भएको हो ।

काठमाण्डौबाट पुर्व रामेछाप तर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको बा। प्र। ०३–००१ ज ०२९८ नम्बरको ईलेक्ट्रोनिक गाडिले ठक्कर दिएर भाग्ने क्रममा गाडी सडकको नालिमा खस्दा दुर्घटनामा परेको हो ।

घाईते मध्ये ईलेक्ट्रिक गाडीमा सवार रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ की २० बर्षीय रमिला बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोही गाडीमा सवार मन्थली नगरपालिका वडा नम्बर १ की २३ बर्षीय पुष्पा तामाङ र रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ६ का ५१ बर्षीय टंक प्रसाद दाहाल रामेछापको मन्थली नगरपालिका वडा नम्बर २ की ४० बर्षीय ज्ञानु ढुंगेल रामेछापको मन्थली नगरपालिका वडा नम्बर २ का १८ बर्षीय रकिट ढुंगेल

रामेछापको खिुतामाकोसी गाउँपालिका वडा नम्बर ६ कका ३८ बर्षीय अनिल आलेमगर र सिन्धुली सुनकोसी गाउँपालिका ३ की उर्मीला घिमिरे घाईते भएका छन् ।

त्यसै गरी मोटरसाइकल चालक ईलामको थाकथुम गाउँपालिका वडा नम्बर ३ का ४० बर्षीय राम कुमार राई र उहाँकी श्रीमती अन्दाजी ३९ वर्षीय प्रविशा सुनुवार घाईते भएका छन् । घाईतेहरुको अवस्था सामन्य रहेको र धुलिखेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक १, १०: ०८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक १, १०: ०८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० कार्तिक १, १०: ०८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...