काठमाडौं। सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उदेश्यले बाँकेको कोहलपुरमा नापी तथा मालपोत कार्यालयबाट सेवा शुभारम्भ गरिएको छ ।
बुधबार भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले उद्घाटन गरेसँगै सेवा सुचारु भएको छ । सेवाग्राहीहरूलाई यसअघि नापी तथा मालपोतबाट सेवा लिन असहज भएको थियो ।
नागरिकको व्यापक गुनासो उठेसँगै सरकारले शाखा बिस्तार गरेको हो । २०७८ चैत १७ गतेको मन्त्री परिषद बैठकको निर्णय अनुसार बाँकेको कोहलपुर, डडेल्धुराको जोखवुढा, महोत्तरीको गौशाला,
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा शाखा स्थापना गरेर सेवा सुचारु गर्ने निर्णय भएको थियो । सोही अनुसार मन्त्री श्रेष्ठले चुस्तदुरुस्त सेवा दिने निर्णय कार्यान्वयन गर्न लागि परेको बताएकी छन् ।
सेवा शुभारम्भ कार्यक्रममा मन्त्री श्रेष्ठले मालपोत तथा नापी कार्यालयमा जाँदा विभिन्न प्राविधिक समस्याहरु भोग्न पर्ने भन्दै आएका गुनासो न्यूनीकरण गर्न आफू लागि परेको बताइन् ।
आम नागरिकहरूबाट आएको सुझावलाई मध्यनजर गरी आवश्यकताका आधारमा आगामी दिनहरूमा पनि शाखा बिस्तार गर्दै जाने उनको भनाई छ ।
कार्यक्रममा मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नापी विभागका प्रकाश जोशी, कार्यालयका प्रमुखहरू, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलगायत जनप्रतिनिधिको सक्रीय सहभागिता रहेको थियो ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...