ललितपुर । खेतीयोग्य जमिनमा यतिबेला धान पहेंलै भएको छ । धान दसैँअघि नै भित्रयाउनुपर्ने भएकाले किसान खेतमा व्यस्त देखिन्छन् ।
किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका हुन् । यसवर्ष पानी धेरै परेकाले गत वर्षकोभन्दा धान उत्पादनमा कमी आएको छ ।
समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभाव हुने समस्या किसानले बर्सेनि झेल्दै आएका छन् ।
ललितपुरको महालक्ष्मीनगरपालिका ७ चारघरेमा किसान हेमबहादुर महर्जनले पाकेर भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ताले धान भित्र्याउन थालिएको बताए ।
गत वर्षकोभन्दा यो वर्ष धान उत्पादनमा कमी आएको उनको भनाइ छ । दसैँअघि धान भित्र्यापछि ढुक्कले दसैँ मनाउन पाउने किसान बताउँछन् ।
बुङ्गमती, चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो परेको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...