काठमाडौं । दशैं नजिकिँदै गर्दा एकै दिन एक लाख ५० हजारले काठमाडौं उपत्यका छाडेर घर गएका छन् ।
रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् । आजदेखि सरकारी बिदा शुरु भएकाले घर फर्किनेको लर्को लागेको हो ।
कलङ्की, बालाजु, बल्खु, कोटेश्वर, जगातीलगायतका ठाउँमा बिहानैदेखि यात्रुको घुइँचो लागेको छ ।उपत्यका भित्रका सार्वजनिक गाडीमा यात्रुको थामी नसक्नु भिड छ ।
भिडका कारण कलङ्की, बल्खु, कोटेश्वर, जडीबुटी, जगातीमा जाम लागेको छ । यस्तै, गाडी छुट्ने नयाँ बसपार्कमा पनि घुइँचो छ ।
यात्रु र गाडीको चापका कारण ट्राफिक व्यवस्थापन गर्न सास्ती भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । एकैदिन काठमाडौं उपत्यकाबाट लाखौं बाहिरिएका छन् ।
हिजो एक लाख ५० हजार ४ सय १६ जना बाहिरिएका छन् । यो सङ्ख्या आज झन् बढ्ने ट्राफिक प्रहरीले जनाएको छ । गाडी रिजर्भ गरेर जानेहरुको सङ्ख्या पनि अत्याधिक छ ।
टिकट नपाउने, टिकट पाए पनि तोकिएको सिट नपाउने जस्ता समस्या भोग्नु परेको यत्रुले गुनासो गरेका छन् ।
यस्तै, सडकमा भएका खाल्डाखुल्डीका कारण थप यात्रा कष्टकर बनिदिएको छ । यात्राका क्रममा कुनै समस्या परे वा बढी भाडा तिर्न परे ठाउँठाउँमा रहेका यात्रु सहायता कक्ष वा प्रहरीमा गुनासो गर्न ट्राफिक प्रहरीले आग्रह गर्दै आएको छ ।
घटस्थापनादेखि अहिलेसम्म ६ लाख ९० हजारबढी उपत्यकाबाट बाहिरिएको तथ्याङ्क छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...