बैकुण्ठे भीरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनस्थलमै मृत्यु – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

बैकुण्ठे भीरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनस्थलमै मृत्यु

पाल्पा । रानीमहल तानसेन सडक खण्डको बैकुण्ठे भिर नजिकै जिप दुर्घटना हुँदा ६ जनाको घटनस्थलमै मृत्यु भएको छ ।

ऐतिहासिक पर्यटकिय स्थल रानिमहल घुम्न आएका पर्यटक सवार बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप सडकमा चिप्लिएर करिब ७ सय मिटर तल खोलामा खसेको हाे ।

दुर्घटनामा तीन महिला, दुई बालक र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले बताए ।

ज्यान गुमाउनेको परिचय अझै खुलेको छैन । गम्भीर घाइत एक जनाको उद्धार गरिएको छ ।

दुर्घटना स्थल निकै ठुलो भिर र खोलामा परेकोले उद्धारमा किठिनाइ समेत भएको उद्धारमा खटिएका स्थानिय ठाकुर बताए ।

बेलुकी करिब साढे ४ बजेको समयमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी, शास्त्र प्रहरीसहित स्थानियको सहयोगमा शव निकाल्ने कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक ५, २१: ०१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक ५, २१: ०१

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक ५, २१: ०१

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...