काठमाडौं । इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका चार जनाको शव परिवारले बुझेका छन् ।
कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने, जोशीपुर ५ का आशिष चौधरी, दार्चुला मालिकार्जन ४ का लोकेन्द्रसिंह धामी र लेकम ५ का दीपेशराज बिस्टको शव धनगढी लगेर बुझाईएको हो ।
सेनाको स्काई भ्यान मार्फत धनगढी ल्याइएका ती शवहरू कैलाली जिल्ला प्रशासन कार्यालयको समन्वयमा परिवारजनलाई हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दार्चुलाका शवहरू सम्बन्धित स्थानीय तहको समन्वयमा पठाइएको छ । इजरायलका राजदूतसमेत धनगढी पुगेर मृतकका आफन्तलाई भेटघाट गरेका छन् ।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...