काठमाण्डाैं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा दशैंको नवौं दिन महानवमीमा नवकन्याको पूजा गरेका छन् ।
शीतल निवासमा विशेष समारोहकाबीच नवकन्याको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहारसमेत प्रदान गरे ।
दशैंको अवसरमा महानवमीका दिन राष्ट्र प्रमुखले नवकन्याको पूजा गर्ने प्रचलन रहेको छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा पूजा गर्ने चलन छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...