काठमाडौं । राजधानी काठमाडौंमा मात्र होइन, नेपालभर नैं यति धेरै अनगिन्ति मठ, मन्दिर र शक्तिपीठहरु छन् कि तिनले प्रत्येक नेपालीलाई आकर्षित गरिरहेका छन् ।
धर्मिक र यस्ता ऐतिहासिक स्थलहरुले मानिसका शीरहरु धार्मिक र आध्यात्मिक आस्थाले झुक्ने गर्छन ।
बहुसंस्यक हिन्दु भएको नेपालमा हिन्दुहरु मात्र नभएर अन्य धर्मालम्बीहरु गुम्बा, मश्जिद, चर्च, बिहार , कुण्डमा फरक फरक ढंगले आस्थिकहरु पुजा, पाठ, ध्यान गर्ने गर्छन ।
बोधिसत्व पद्मसम्भव बायुमार्ग भएर ठाउँ ठाउँमा उत्रेको, सतीदेबीका अङ्गहरु खसेको, उच्च हिमालयमा अवस्थित धार्मिक आस्थाका आधारमा पुजिने कुण्डै कुण्डको देश नेपालमा अनादि कालदेखि अहिलेसम्म शक्ति र प्रकृति पूजा प्रथाले महत्व पाई आएको छ ।
नेपालका प्रसिद्ध र पुग्न सकिने आस्थाका केन्द्रहरु अनगिन्ति छन् । बाटो घाटोका कारण यस्ता स्थलहरु अझ नजिकीएका छन् । यातायातको सुबिधा र प्रचारका कारण भक्तजनको भिंड हुने आकासे केबुलकारले मनकामनाको घण्टौंको उकालो यात्रालाई केही मिनेटमै सिमित गरको छ ।
तर सूचना र प्रचारको अभावमा धेरै देबस्थलहरु नेपाली र हिन्दु धर्मालम्बीको नजरबाट टाढा छन् । जबकी दशौ. हजार नेपालीहरु पर्यटक अर्थात तीर्थयात्रीहरु मुलुकबाहिरको कैलाश, मानसरोबर देखि बनारस, केदारनाथ र गया पुग्ने गर्छन ।
मन्दिरै मन्दीरको शहर भनेर चिनिएको काठमाडौंले धेरै प्रचार पाएपनि धार्मिक महत्व बोकेका नेपालमा धेरै शक्तिपीठहरु छन् । प्रत्येक जिल्लामा एउटा वा त्यो भन्दा धेरै धार्मिकस्थल र शक्तिपीठहरु छन् । ति मध्येपनि एउटा जिल्लामा कम्तिमा एउटा मात्र धार्मिकस्थलको बारेमा संक्षिप्त परिचय दिने प्रयास गरेका छौं ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...