मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दै राष्ट्रपति पौडेलद्वारा टिका जमरा लगाउन सहज व्यवस्था – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दै राष्ट्रपति पौडेलद्वारा टिका जमरा लगाउन सहज व्यवस्था

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् । विजया दशमी २०८० को शुभकामना दिदैँ राष्ट्रपति पौडेलले मानव जाति र विश्व शान्तिको कामना गरेका छन् ।

विजया दशमी, २०८० को शुभ अवसरमा देश–विदेशमा रहेएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा हाम्रो राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु ।’

उनले अशान्त हुन थालेको विश्वमा विजया दशमीले शान्ति ल्याऊन् कामना गर्दै भनेका छन्, ‘यस अवसरमा म मानव जातिको कल्याण र विश्वशान्तिका लागि कामना गर्दछु ।’

यसैबीच राष्ट्रपति पौडेलले विजया दशमीको अवसरमा आजै सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका लगाइदिने कार्यक्रम छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न २ः०० देखि ३ः०० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई तथा ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिने भएका छन् ।

सर्वसाधरणलाई टिका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहजरुपमा प्रवेशको व्यवस्था गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

टिका ग्रहणका लागि मर्यादित पोशाकमा आउन समेत कार्यालयले आग्रह गरेको छ । राष्ट्रपति पौडेल आफुले भने ९१ वर्षिया भाउजु विष्णुमाया पौडेलको हातबाट विहान ११ वजेर २ मिनेट जादा टिका जमरा र आर्शिरवाद लिने छन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक ७, ०६: ५७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक ७, ०६: ५७

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक ७, ०६: ५७

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...