पाँच पोखरी पदयात्रामा पर्यटकको चहलपहल बढ्यो – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पाँच पोखरी पदयात्रामा पर्यटकको चहलपहल बढ्यो

सिन्धुपाल्चोक‍ । पाँच पोखरीमा पछिल्लो समय पदयात्राका लागि जानेहरू बढेका छन् । काठमाडौंबाट पाँच पोखरी जान ५ दिन छुट्याए पुग्ने पर्यटक बताउँछन् । पाँच पोखरी ट्रेकिङका लागि अप्रिल, मे, सेप्टेम्बर, अक्टोबर र नोभेम्बर विशेष हुने उनीहरुको भनाइ छ ।

नेवार, ब्राह्मण, क्षेत्री र गुरूङ बस्तीहरू पार गर्दै यो गन्तव्य पुगिन्छ । गाउँका बस्ती, जंगल, पहाड, हिमनदी, हिमाल, खोला लगायतका कुरा अवलोकन गर्दै यहाँ पुगिन्छ । यस बीचमा त्यहाँका स्थानीय कला संस्कृतिमा भुल्दै अर्गानिक खानेकुराको स्वाद पनि लिन सकिन्छ ।

पाँच पोखरी ट्रेकिङमा गौरीशंकर, दोर्जे लाक्पा, जुगल र रोल्वालिङ हिमालय शृंखला यहाँबाट हेर्न पाइन्छ । पाँचपोखरी पुग्न दुइटा बाटो भएर जानु पर्छ । एउटा पदयात्रा सानो ओखरेनीबाट चौतारा हुँदै र अर्को भोटाङबाट मेलम्ची हुँदै । भोटाङ सबैभन्दा सजिलो र रूचाइएको मार्ग पनि हो ।

पहिलो दिन काठमाडौंबाट यात्रा सुरू गरेर भोटाङ हुँदै मेलम्ची देउरालीसम्म पुगिन्छ । संस्कृति कला र मौलिकता झल्कने बस्ती, प्राकृतिक, सुन्दर र मनमोहक दृश्य, वनस्पति र जीवजन्तुहरू हेर्दै यो यात्रा अघि बढ्छ ।

दोस्रो दिन देउरालीबाट अगाडि नोसेम्पटी हुँदै लाहुरे भञ्ज्याङ पुगिन्छ । तेस्रो दिन लाहुरे भञ्ज्याङबाट पाँचपोखरी पुगिन्छ। यही दिन पाँचपोखरी अवलोकन गरेर यो यात्रा फिर्ता हुनेछ।

बेलुका टाङ्गुमा बास बस्न पुगिन्छ ।‍ चौथो दिन टाङ्गुबाट भोटाङ पुगिन्छ भने पाँचौं दिन भोटाङबाट मेलम्ची हुँदै काठमाडौं फर्किन सकिन्छ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक ८, ११: ५८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक ८, ११: ५८

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक ८, ११: ५८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...