काठमाडौं । दसैं विदा सकिए पनि सरकारी कार्यालयहरु सुनसान छन् । आजदेखि सरकारी कार्यालय खुल्ला भए पनि सरकारी कर्मचारी नआउँदा कार्यालयहरू सुनसान भएका हुन् ।
दसैं मनाउन कर्मचारी घर गएका कारण कार्यालयहरु सुनसान भएका हुन् । मन्त्री, नेता र कर्मचारीहरु घरबाट नफर्कँदा सिंहदरवार सुनसान भएको हो । दसैंको बिदा सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा सिंहदरवारमा भने चहलपहल देखिएन ।
शुक्रवार सिंहदरबारमा आवतजावत त्यति देखिएन । मन्त्रालयमा सिमित कर्मचारीहरुलाई मात्रै देख्न सकिन्छ । दैनिक हजारौँको संख्यामा सिंहदरवार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु देख्न सकिन्छ ।
दसैं सकिन अझै दुई दिन बाँकी रहेका कारण सिंहदरबार सुनुसान बनेको केहीको भनाइ छ । शनिवार कोजाग्रत पूर्णिका दिनबाट मात्रै दसैंको टीका विधिवत रुपमा सकिने भएकाले सुनसान भएको हो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...