हमासको आक्रमणमा परी ज्यान गुमाएका थप तीन जना नेपालीको शव पहिचान – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

हमासको आक्रमणमा परी ज्यान गुमाएका थप तीन जना नेपालीको शव पहिचान

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीमध्ये थप तीन जनाको शव पहिचान भएको छ ।

लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र पाँचनली–३ डोटीका राजन फुलराको शव पहिचान भएको नेपाली राजदूतावासले जनाएकाे छ ।

हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । जसमध्ये ५ जनाको शव यसअघि नै पहिचान भई नेपाल पठाइएको थियो ।

बाँकी दुईजनाको शव पहिचानको क्रममा रहेको दूतावासले जनाएको छ । यस्तै, बेपत्ता रहेका विपिन जोशीको खोजी कार्य जारी रहेको दूतावासले जनाएको छ ।

दूतावासले घाइते भएका चारजनामध्ये दुई जना डिस्चार्ज भइसकेकाे जनाएकाे छ । जसमध्ये एकजना नेपाल फर्किसकेका छन् भने एक जना दूतावासको हेरचाहमा छन् ।

घाइते दुईजना भने अस्पतालमा उपचाररतकाे अवस्था सामान्य रहेकाे छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक १२, २०: ४७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक १२, २०: ४७

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक १२, २०: ४७

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...