मुगु । छायाँनाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउमा सामुहिक हत्या भएको ४ दिन पछि प्रहरिले एक जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार दिउँसो सदरमुकाम गमगढी स्थित बीच बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिकाे विवरण गोप्य राखेको छ ।
हत्या अनुसन्धानका लागि ११ गते नै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष टोली मुगु पुगिसकेकाे छ ।
हत्याराकाे नजिक पुगि सकेको प्रनाउ विरेन्द्र थापाले बताए ।
प्रनाउ थापाले भने, एक जनालाई नियन्त्रणमा लिएको साचो हो एकिन विवरण घटनाबारे थप अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने छ ।
शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएकाे थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...