बाजुरा । चैनपुरमा हेयर कटिङ पसलबाट प्रहरीले लागुऔषध सहित सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाका आधारमा प्रहरी टोलीले सुर्जन हेयर कटिङ पसलबाट ट्रामाडोलसहित लागुपदार्थ र सञ्चालक सुर्जन बोहोरालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले पसलमा शंका लागेर खानतलासी गर्दा काठको घर्राभित्र कालो प्लास्टिकमा पोको पारी लुकाएको अवस्थामा धेरै लागू पदार्थ फेला पारेको हो ।
पसल सञ्चालक सुर्जन बोहोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी सहायक हवल्दार शम्भु धामीले बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...