अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट पाँचजना पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट पाँचजना पक्राउ

काठमाडौं। कतारबाट ल्याएको अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा अमृतधन राई, नजिर मन्सुरी, कारी ईसार केवट, अर्जुन भट्टराई र अनिष थापा रहेकाे  प्रहरीले जनाएकाे छ ।

कतार उडान मार्फत् आउने केही व्यक्तिहरू अबैध सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सिनामंगल शम्भुमार्गबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट २६ लाख ५१ हजार ८९५ रुपैयाँ ४७ पैसा पर्ने सुनको ढिक्का थान–३ र सिक्रीहरू थान–३ तथा नगद रू १ लाख १० हजार बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा कारबाही गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंले जनाएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक १३, १९: ३८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक १३, १९: ३८

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक १३, १९: ३८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...