पोखरा । प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा विज्ञापन आव्हान गरेको छ ।
प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौँ र सहायक पाचौँ तहका प्राविधिक तथा अप्राविधिक पदहरूको अन्तर तह, खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो ।
प्रशासकीय अधिकृत, राजश्व अधिकृत, लेखा अधिकृत, तथ्याङ्क अधिकृत, सव–इन्जिनियर, स्यानिटरी, इरिगेशन, सव इन्जिनियर,
पशु स्वास्थ्य प्राविधिक, मत्स्य प्राविधिक, रेन्जर, भू संरक्षण सहायक, प्राविधिक सहायक, स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, हेल्थ असिक्टेन्ट,
कविराज, ल्याब टेक्निसियन, मेडिकल रेकर्ड सुपरभाइजर, बायोमेडिकल टेक्निसियन, एनेस्थेसिया सुपरभाइजर, वरिष्ठ प्रशासन सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ आलेप सहायकलगायत रहेका छन् ।
इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त दिने अन्तिम मिति मंसिर ५ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर १२ गतेसम्म छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...