मुगु । सामुहिक हत्या घटनाको हप्ता दिन वितेपनि हत्यारा पत्ता लाग्न सकेको छैन । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा सामुहिक हत्या भएको हाे ।
मृतकका श्रीमान् दीपक बोहोर शनिबार घर पुगेपछि चारै जनाको शवपरीक्षणका लागि प्रहरीले शव जिल्ला अस्पताल मुगु पुर्याएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा दीपक कतारमा थिए । हत्यारा पत्ता नलागेसम्म दीपकले शव नबुझ्ने अडान लिएका छन् । घटनाको सघन अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीले २८ वर्षीय आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।
प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...