काठमाडौं । जाजरकोट आसपासलाई केन्द्र भएर मध्यराती गएको भूकम्पमा परी ५० जनाकाे मृत्यु भएकाे छ ।
६.४ म्याग्निच्युडको भुकम्प गएका्मा मापनकेन्द्रले जनाएकाे छ । हालसम्म करिब ५० जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
रुकुममा मात्र हालसम्म ३६ जनाबढीको मृत्यु भएको रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईले बताए । उनका अनुसार नलगाड नगरपालिकामा २० जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाकाले अहिलेसम्म २० बढीको ज्यान गएकोको खबर प्राप्तको र बाँकी विवरणहरु आइरहेको छ ।
शनिबार राती संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएकाे नलगाडकी उपमेयर सरिता सिंहले बताईन् । जाजरकोटमा क्षति विवरण आउने क्रम जारी रहेकाे उनकाे भनाइ छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...