काठमाडौं । प्रधानमन्त्री प्रचण्डले जाजरकोटमा राती गएको भुकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएकोले तत्काल उद्वार राहतमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय काम गर्न भनेको उनको सचिवालयले जनाएको छ ।
उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
घाइतेहरुको तत्काल उद्धार र राहतका लागि ३ वटै सुरक्षा निकायलाई परिचालित भएका छन् भने उद्धारका लागि शनिबार बिहानै औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर जाजरकोट पठाइएको प्रम सचिवालयले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...