स्वास्थ्यकर्मीसहित प्रधानमन्त्री जाजरकोटमा, मृत्यु हुनेको संख्या ९२ पुग्यो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

स्वास्थ्यकर्मीसहित प्रधानमन्त्री जाजरकोटमा, मृत्यु हुनेको संख्या ९२ पुग्यो

काठमाडौं । जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । भूकम्पका कारण ५५ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै सुरक्षाकर्मी परिचालन गरिएको छ । रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते रहेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले बताए ।

यसैबीच प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । सेनाको १६ जना मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेका हुन । पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि सो क्षेत्रमा गएका छन् ।

दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् । जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे भूकम्प गएको हो । नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक १८, ०८: १७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक १८, ०८: १७

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक १८, ०८: १७

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...