काठमाडौं । सामाजिक संजालका चर्चित एप टिकटकलगायतका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग सरकारले छलफल गरेको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन प्रतिनिधिहरुसँग सरकारले आग्रह गरेको हो ।
टिकटक दुरुपयोग गरेर हालिने सामग्रीलाई हटाएर शान्ति, सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको गृह मन्त्रालयले जनाएको छ । नेपाल प्रहरीको साइवर व्युरो, सरकारी निकाय र सिंगापुरस्थित टिकटक कार्यालयबीच सहकार्य बढाउने सहमति भएको हो ।
टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्तालगाई कारवाही गर्न सहज हुने भएको गृहका सहसचिव
तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । सामाजिक सद्भाव नविगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न सम्बन्धित सबैमा अनुरोध गरेको गृह मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...