काठमाडौं । शुक्रबार राति गएको भूकम्पबाट सातवटा जिल्लाका ३ हजार ७ सय ७० घर भत्किएका छन् । ती मध्ये २ हजार ८ सय ३८ घरमा आंशिक क्षति भएको गृह मन्त्रालयले जनाएको छ । ९ सय ३२ घर पूर्ण क्षति भएका छन् भने सबैभन्दा बढी जाजरकोटमा २ हजार ६ सय ८५ घरमा क्षति पुगेको छ ।
भने ९ सय ५ घर पूर्णरुपमा ध्वस्त भएका छन् । यता रुकुम पूर्वमा १९ घरमा आंशिक क्षति पुगेको छ । सल्यानमा ९७ वटा घरमा आंशिक र २५ घरमा पूर्ण क्षति पुगेको छ । नवलपरासी पूर्वमा एउटा घरमा क्षति पुगेको छ भने दैलेखमा एउटा घरमा पूर्ण र एउटा आंशिक क्षति भएको छ ।
बैतडीमा एउटा घर भत्किएको छ । प्युठानमा २९ वटा घरमा आंशिक क्षति पुगेको छ ।भूकम्पका कारण ११ वटा जिल्ला प्रभावित भएको गृह मन्त्रालयको विपत पूर्वतयारी तथा प्रतिकार्य शाखाको तथ्यांकमा उल्लेख छ । हालसमम १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् ।
सबैभन्दा धेरैजाजरकोटमा १०५ जनाको मृत्यु र ११२ जना घाइेत भएका छन् । रुकुम पश्चिचमा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते छन् । सल्यानमा २, रोल्पामा १, दैलेखमा ३ र जुम्लामा ३ जना घाइते भएका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...