पर्यटकीय गन्तव्य रानीकोट क्षेत्रको अवलोकनमा मन्त्री किराती – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पर्यटकीय गन्तव्य रानीकोट क्षेत्रको अवलोकनमा मन्त्री किराती

भक्तपुर । पर्यटकीय दृष्टिकोणले रानीकोटमा अपार सुन्दरता रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्य रानीकोट क्षेत्र अवलोकन गर्दै मन्त्री किरातीले रानीकोटमा धेरै सम्भावना बोकेको बताए । अवलोकनका क्रममा पर्यटनका बारेमा पर्यटन व्यवसायीसँग छलफल समेत गरे ।

ऐतिहासिक क्षेत्र रानीकोट दरबारको उत्खनन्, संरक्षण र पर्यटकीय गन्तव्यका लागि आवश्यक संरचनाको निर्माणमा ध्यान दिन स्थानीय सरकार र व्यवसायीलाई अनुरोध गरे । रानीकोटको बाघ भैरव मन्दिर र विशेषताका बारेमा उनले जानकारीसमेत लिएका थिए ।

यहाँबाट देखिने उपत्यकाका मनोरम दृश्य, आठ वटा हिमाल, सुन्दर प्राकृतिक दृश्य, ऐतिहासिक क्षेत्रको अवलोकन पछि सरकारले सहयोग गर्ने बताए ।

मन्त्री किरातसँगै रानीकोट पुगेका लुम्बिनी विकास कोषको उपाध्यक्ष बौद्ध धर्म गुरु डा. ल्हारक्याल लामाले बाघ भैरव मन्दिर क्षेत्रका विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक २०, ०७: १४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक २०, ०७: १४

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक २०, ०७: १४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...