मुगु । छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातिय विवाह गर्ने जोडिलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ रकम उपलब्ध गराएको छ ।
नगरपालिका–१० चराप गाँउका देविकृष्ण कामीको जोडीले अन्तरजातिय बिबाह गरेपछि उनहरुलाई प्रोत्साहन बापत एक लाख रुपैया उपलब्ध गराएको हो ।
आर्थिक बर्ष ०७९।०८० को नीति तथा कार्यक्रमअनुसार अन्तरजातिय बिबाह गर्ने पहिलो एक जोडीलाई प्रोत्साहन बापत सो रकम उपलब्ध गराएको हो ।
२४ बर्षिया रञ्जिता बुढा र २५ बर्षिय देबि कृष्ण कामीबिच दुई बर्षसम्म प्रेम सम्बन्ध रहेको थियो । प्रेम सम्बन्धपछि दुबै जनाको सहमतिमा गत माघ १३ गते बिबाहमा बाधिएका थिए ।
नगरपालिकाले १२औ नगरसभामा दलित नीति पास गरी अन्तरजातिय विवाह गर्ने जोडिलाई एक लाख प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...