काठमाडौं । नेपाल विद्यार्थी संघले भूकम्पप्रभावित क्षेत्रका २ वटा विद्यालयको पुनर्निर्माण गर्ने घोषणा गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत लिएर पुगेको नेविसंघले जाजरकोटमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो ।
भूकम्पमा परि निधन भएका नलगाढ नगरपालिका उपमेयरको सम्झनामा सोही नगरपालिकामा पनि विद्यालय पुननिर्माण गर्ने नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बताए । क्षति भएको विद्यालयहरू तिहार पछि अस्थायी रुपमा बनाउने नेविसंघले जानकारी गराएको छ ।
नेविसंघले तथ्यांक संकलन समिति र पूणर्रुपमा घर क्षति भई अभिभावकविहीन भएका बालबालिकाहरूको पहिचान गर्ने जनाएको छ । विद्यार्थीहरू माझ परेको मनोवैज्ञानिक असरलाई समेत हटाउन सहयोग गर्ने कार्य रहेको भन्दै
प्रभावित क्षेत्रका बालबालिकाहरूलाई शिक्षाको अवसरबाट वञ्चित हुन नदिन नेविसंघले प्रतिवद्धता जनाएको छ । रुकुम पश्चिम र जाजरकोट गरी ३ सय ९८ विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भई ५० हजार भन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...