काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा रातिपनि देउसी, भैलो खेल्न पाइने भएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले रातभर देउसी र भैलो खेल्न दिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए ।
जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ ।
उपत्यकामा पटका र आतसबाजी पड्काउन निषेध गरिएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...