काठमाडाैं । भाइटीका पूजामा प्रयोग हुने भाइ मसला डेढ अर्ब मूल्यको आयात भएको छ ।
दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले नरिवल, काजु, बदाम, ओखर, किसमिस, पिस्तालगायत भाइमसला दिने प्रचलन रहेको छ। चालू आर्थिक वर्षमा भाइमसला आयात बढेको भन्सार विभागको तथ्याङ्कमा छ ।
गतवर्षको तुलनमा यस आर्थिक वर्षको तीन महिनामा भाइमसला आयात ३४ करोडले बढेको हो । गत वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा आयात एक अर्ब १५ करोड छ लाख ५७ हजारको आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही समयमा एक अर्ब ५० करोड ३४ लाख ७१ हजारको भाइमसला आयात भएको हो ।
नरिवल तीन महिनामा ३१ करोडको आयात भएको छ । गत वर्षको सोही समयमा १९ करोड बराबरको आयात भएको थियो । ओखर ७६ करोड बराबरको आयात भएको छ । गतर्षको २५ करोडको आयत भएकोमा थियो ।
यस वर्ष काजुको आयात घटेको छ । गतवर्ष ३० करोडको काजु आयात भएकोमा यसवर्ष १३ करोड बराबरको मात्र काजु आयात भएको छ ।
छोकडाको आयात यस आर्थिक वर्षमा केही बढेको छ । गतवर्षको छ हजारको मात्र भएको छोकडाको आयात यस आर्थिक वर्षमा दुई लाख बराबरको आयात भएको छ ।
बदामको आयात केही बढेको छ । गत आर्थिक वर्षमा १४ करोड बराबरको बदाम आयात भएको थियो यश वर्ष १९ करोड बराबरको आयात भएको छ ।
किसमिस नौ करोड बराबरको आयात भएको छ । गत आर्थिक वर्षमा छ करोड बराबरको आयात भएको थियो । पिस्ताको आयात घटेको छ । पाँच लाख बराबरको पिस्ता आयात भएको छ ।
सुपारीमा आयात प्रतिबन्ध लगाएकाले यसपालि सुपारी आयात नभएको भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...