खुँडा प्रहार गरी बाबुको हत्या गर्ने पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

खुँडा प्रहार गरी बाबुको हत्या गर्ने पक्राउ

काठमाडौं । बाबुलाई खुँडा प्रहार गरी हत्या गर्ने युवक पाल्पाबाट पक्राउ परेका छन् । पोखराका एक युवाले खुँडा हानेर आफ्नै बुवाको हत्या गरेका हुन् । उपमहानगरपालिका १७ विरौटाको गोधुली संसारपथ बस्ने २२ वर्षीय रविन क्षेत्रीले ५५ वर्षीय बुवा रामु क्षेत्रीमाथि खुँडा प्रहार गरेका हुन् ।

खुँडा प्रहारबाट गम्भीर घाइते बावु रामुको उपचारकै क्रममा चरक मेमोरियल अस्पतालमा मंगलबार साँझ मृत्यु भएको प्रहरी कार्यालय कास्कीले जनाएको छ । खुँडा हानेपछि फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले देशैभर संचार गरेको थियो ।

फरार अभियुक्त पाल्पाको प्रभासमा ग २० प ६०४७ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा परेका हुन । बाबुको हत्या किन गरेका हुन भन्ने कारण खुलेको छैन ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक २९, १७: ४५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक २९, १७: ४५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० कार्तिक २९, १७: ४५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...