काठमाडौँ । फिफा विश्वकप छनोट अन्तर्गत आज नेपाल युएईसँग भिड्दै छ । दुबईमा नेपाली समयअनुसार आज राति ९ः३० बजे नेपालले दोस्रो चरणको पहिलो खेल खेल्नेछ ।
फिफा वरीयतामा युएई ६९औं स्थानमा छ । युएई समूहको सबैभन्दा बलियो टिम हो । बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ । तीनै टिमसँग होम एन्ड अवे गरी २ २ खेल गरी ६ खेल खेल्नेछ।
सनिश श्रेष्ठ, रोहित चान्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, अरिक बिस्ट, छिरिङ लामा, योगेश गुरुङ, लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिश डाँगी, सेसेहाङ बिस्ट, राजेश परियार टीममा रहेका छन् ।
त्यस्तै अन्जन बिस्ट, आयुष घलान, गिलिएस्पी जंग कार्की, हिसुद थपलिया, सन्जीव बिस्ट, राजेश परियार, दीप कार्की र अभिषेक बराल रहेका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...