काठमाडौँ । पशुपति क्षेत्रको गुह्येश्वरी–गौरीघाट चोकसम्म झिलीमिली उज्यालो बनाइएको छ । तिहारको छठलक्ष्यित दीपावली यस क्षेत्रमा थपिएको छ ।
वाग्मती नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक सजावट गर्ने तयारी गरिएको छठ पूजा समिति, गुह्येश्वरीले जनाएको छ ।
आइतबार अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका छठ घाट पनि सजाउने तयारी गरिएको हो । छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा सजाउन थालिएको छ ।
साजसज्जा हेर्न पनि भक्तजनको भीड लाग्ने गर्छ । नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, विभिन्न स्थानका नख्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाउन थालिएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...