काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले हिजोका दिनमा जग्गा र सेयरमा धेरै ऋण प्रवाह हुँदा समस्या देखिएको अर्थतन्त्र अहिले विस्तारै सकारात्मक दिशामा गइरहेको बताएका छन् ।
मध्यपुर थिमि नगरपालिकाले शंखधर साख्वा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले हिजोका दिनमा जग्गा र सेयरमा बढी ऋण प्रवाह भएकाले त्यसबाट प्रतिफल नआउँदा अर्थतन्त्रमा समस्या आएको उल्लेख गरे ।
‘हिजोको दिनमा धेरै ऋण प्रवाह गरियो, धेरै मानिसले जग्गा र सेयरमा लगानी गरे । यसैको प्रतिफल हो, हातमा नगद छैन, ऋण तिर्न धौधौ परेको छ’ मन्त्री डा. महतले भने ।
सन्त नेता कृष्णप्रसाद भट्टराईले आफ्नो प्रधानमन्त्रित्व कालमा नेपाल सम्बतलाई मध्यनजर राखेर शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेकाे स्मरण गरे ।
देशमा ०४६ सालको परिवर्तनपछि बोल्ने, राजनीतिक दल रोज्ने, आफ्नो पेशा व्यवसाय रोज्ने र आफूले चुनेको जनप्रतिनिधिले शासन गर्ने स्वतन्त्रता सुनिश्चित भयो । त्यसभन्दा अगाडि नेपाली नागरिक रैतीजस्ता भएको मन्त्री डा.महतले बताए ।
मन्त्री डा. महतले शंखधर साख्वाको योगदानबारे जान्ने अवसर ०४६ पछि नै भएको जिकिर गरे । पूर्वप्रधानमन्त्री भट्टराईले नै शंखधरलाई राष्ट्रिय विभूति घोषणा गरेर नेपाली समाजमा चिनाउन सुरु गरेकाे बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...