डिग्रेशाईकुमारी मन्दिरमा पूजापाठ सुरु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

डिग्रेशाईकुमारी मन्दिरमा पूजापाठ सुरु

रुकुम । कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक स्थल डिग्रेशाईकुमारी मन्दिरमा आजदेखि पूजापाठ सुरु भएको छ । हरेक वर्ष हरिबोधिनी एकादशी देखि पूर्णिमाको दिन सम्म दर्शनार्थीको बाक्लो भिड लाग्ने मन्दिरमा बिहानैदेखि पूजापाठ सुरु भएको हो ।

बिहान साढे ५ बजे देखि शाईकुमारी मन्दिरको दर्शन तथा पूजापाठका लागि श्रद्दालु भक्तजनको बाक्लो उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसीले बता ।

डिग्रे मन्दिरमा बाह्रैमास पूजापाठ हुँदै आएपनि मूल पर्वको रुपमा एकादशी देखि पूर्णिमाको दिन सम्म भव्य रुपमा पूजापाठ र मेला लाग्ने गर्दछ ।

आज एकदाशीको दिन भने मन्दिरमा बोकाबली नहुने र शुद्ध शाकाहारी पूजापाठ हुने बताइएको छ । सोही अनुसार मन्दिरमा आउने भक्तालुजन र दर्शनार्थीका लागि सरल रुपमा पूजापाठ गर्ने व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिले बताएको छ ।

त्यस्तै मन्दिरको भिडलाई मध्यनजर गर्दै यसवर्ष देखि सिसि क्यामेरा जडान गरिएको छ ।

सिद्धबाबा मन्दिर तथा धर्मशाला निर्माणार्थका लागि शाईकुमारी मन्दिर परिसरमा श्रीमद भागवत महायज्ञ सुरु गरिएको छ । सो महायज्ञ १२ गते सम्म सञ्चालन हुने जनाइएको छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर ७, ०९: ५२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० मंसिर ७, ०९: ५२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० मंसिर ७, ०९: ५२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...