धनकुटा । धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफुलेसमेत आत्माहत्या गरेका छन् ।
बुधबार राति निगालेका ३५ वर्षिया टिकाराम गुरुङले ३६ वर्षिया श्रीमती भीमा गुरुङ र १० वर्षिया छोरा आयुस गुरुङको हत्या गरी आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
टिकारामले श्रीमती र छोरीको हत्या गरी घरमा झुन्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ । टिकारामको जिउ काम्ने उपचार गरिरहनु पर्ने भएको र उनले अत्याधिक मादकपदार्थ सेवन गर्ने गरेको छिमेकीले बताए ।
बुधबार राति पौने १ बजे ६ वर्षिया छोरी आसिकी गुरुङलाई छिमेकीको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
सो अघि बुबाले आमा र दाजुलाई घाँटीमा समातेर टाउका कुटेको देखेको आसिकीले बताएको एसपी कोइरालाले बताए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...