भक्तपुर । जिल्लालाई खेलकुदको हव बनाउने बागमती प्रदेश सभा सदस्य तथा प्रदेश खेलकुद विकास समिति कोषाध्यक्ष किरण थापाले बताएका छन् ।
शनिवार सानोठिमी तेक्वान्दो डोजाङले मध्यपुरथिमी निलबाराहीमा आयोजना गरेको कार्यक्रममा उहाले यस्तो बताएका हुन । स्थानीय तहले हरेक स्कुल स्कुलमा खेलकुद आयोजना गरेर खेलको विकास गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा सानोठिमी तेक्वान्दो परिवारका अध्यक्ष इन्द्रभक्त चित्रकारले स्वास्थ्यको लागि खेल राष्ट्रका लागि खेल अहिलेको आवश्यक्ता भएको बताए ।
थाइल्याण्डमा सम्पन्न छैठौ हिरोज इन्टरनेश्नल तेक्वान्दो प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकी हृदयानी बस्नेतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पत्रकार र खेलाडीको उल्लेख्य सहभागिता रहेको थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...