काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा पठाउन सहसचिवहरूको सूची बनाउन थालेको छ ।
७१ जना सहसचिवको सरुवा लगत्तै पुनः २ दर्जन बढीको सरुवा तयारी गरेको हो । प्रदेश मन्त्रालयमा लामो अवधि पुगेका सहसचिवहरू संघमा आउन नपाएसँगै सिनियर सहसचिवहरूलाई प्रदेश पठाउने तयारीमा मन्त्रालय लागेको विशेष स्रोतले बतायो ।
अबको लटमा दुई दर्जन जति सहसचिवको सरुवा हुने र त्यसमा अधिकाँश प्रदेश सचिवहरुलाई समेटिने स्रोतको भनाई छ ।
कतिपय सहसचिवहरू महिना दिन नपुग्दै पुनः मालदार अड्डामा जान सफल भए भने कतिपय इच्छाएका मन्त्रालयमा ।
भनसुनका कारण प्रदेशमा लामो समय बिताएका सहसचिवहरू संघमा आउन पाएनन्, जसतर्फ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहको ध्यान पुग्न सकेन ।
सरुवा मिलाउन तल्लीन मन्त्री साहकै कारण अहिले प्रदेश जानु पर्ने सहसचिवहरू ‘अन्याय भयो’ भन्दै सरुवा सच्याउन आग्रह गरीरहेका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...