काठमाडौं । सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय सरिता दवाडी, दिनानाथ मिश्र र रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको स्रोतको दावी छ ।
पहिलो नम्बरमा सिफारिस दवाडी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगतको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक छिन् ।
दोस्रो नम्बरका मिश्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक र तेस्रो नम्बरमा सिफारिसमा परेका घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतकै खानी तथा भूगर्भ विभागका महानिर्देशक हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा) दिनेशकुमार घिमिरेले अनिवार्य अवकाश हुन एक महिना बाँकी रहँदै पदबाट राजीनामा दिएसँगै सचिव पद रिक्त हुन पुगेको थियो ।
नियमित र स्वभाविक प्रक्रियाबाट नै बढुवा गरेको अवस्थामा पहिलो नम्बरमा सिफारिस सहसचिवलाई सचिव बनाउने निर्णय गर्नेछ भने सरकारलाई लागेको अवस्थामा तीन मध्ये दुई र तीन नम्बरबाट पनि गर्न सक्ने छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...