काठमाडौँ। अनलाइनमार्फत यौन धन्दा गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको दोरम्बा घर भई हाल ललितपुर बस्ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाको लिखु गाउँपालिका घर भई हाल कागेश्वरी मनोहरा बस्ने ३३ वर्षीय गोपाल थापा, सिन्धुलीको सुनकोशी गाउँपालिका घर भई हाल काठमाडौंको कालो पुल बस्ने ४४ वर्षीय सेते सार्की,
सल्यानको कपुरकोट घर भई हाल काठमाडौंको बालाजु बस्ने २५ वर्षीय शिवराज परियार र नुवाकोटको विदुर नगरपालिका ६ घर भई हाल काठमाडौं – १६ बस्ने अमृत रोक्का रहेको प्रहरीले बताएको छ ।
उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । दरबारमार्ग, नयाँ बसपार्क, तिलिङटार, बानेश्वरलगायतका स्थानबाट
अनलाइन यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा पक्राउ गरिएको हो । पक्राउ परेकालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...