काठमाडौं । बंगाली शक्तिशाली सामुद्रिक आँधीको प्रभाव नेपालको पूर्वी भागमा परेको मौसमविदले बताएका छन् ।
‘मिचोङ्ग’ नाम दिइएको उक्त सामुद्रिक आँधीको प्रभावले कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भागसम्म बादल लाग्ने मौसमविद सरोज पुडासैनीले बताए ।
आँधीको कारण भारतमा तीव्र हावाहुरी र वर्षाले दक्षिणी राज्य तमिलनाडु र आन्ध्रप्रदेशको जनजीवन प्रभावित भएको छ ।
चेन्नईमा पाँच जनाको मृत्यु भएको छ भने कयौं उडानहरु रद्ध भएका छन् । सडक, वस्ती र विमानस्थलहरुसमेत डुबानमा परेका फोटोरभिडियो सार्वजनिक भइरहेका छन् ।
प्रतिघण्टा ११० किलोमिटरको गतीमा बहेको आँधी भारतको उत्तरपश्चिमतिर गइरहेको छ । यो आँधी मंगलबार बिहान दक्षिण आन्ध्रप्रदेशको तटमा टकराउने र कमजोर हुँदै जाने भारतको मौसम विज्ञान विभागले अनुमान गरेको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...