काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रमा अबदेखि मासु तथा मदिरालगायत बिक्री वितरण गर्न प्रतपबन्ध गरिएको छ
।
बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै आजदेखि एक सातासम्म मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन,ओसारपसार, भण्डारण र सेवनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले
रोक लगाएको हो ।
नियम गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा लागु हुनेछ ।
शतवीजारोपण पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा मंसिर २७ गतेसम्म नियम लागु हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
कसैले यो सूचनाको बर्खिलाप हुने गरी काम गरे प्रचलित कानुन बमोजिम कारबाही चेतावनी दिएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...