बारा । सिम्रौनगढ नगरपालिकामा प्रहरी र कर्मचारीबीच झडप भएको छ । झडपमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय सिम्रौनगढ १ का २५ बर्षीय लक्ष्मी मुखिया बिन रहेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । एक जना गम्भीर घाइते भएको सापकोटाको भनाइ छ ।
मृतकको टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन । घाइतेको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा आन्दोलनरत कर्मचारीहरुले हाजिर गर्न नदिएपछि विवाद भएको थियो ।
विवाद वढ्दै जाँदा भिडन्तको रुप लिएको थियो । स्थितिलाई नियन्त्रण लिन प्रहरीले हवाइ फायर गरेको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्दा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।
आक्रमणबाट १० जना प्रहरी घाइते भएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । नगरपालिकामा कार्यरत स्थायी, करार र ज्यालादारी कर्मचारीले लामो समयसम्म तलव नपाएपछि आन्दोलन गरेका थिए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...