सुर्तीजन्य पदार्थ जफत गर्दै काठमाडौँ महानगर – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सुर्तीजन्य पदार्थ जफत गर्दै काठमाडौँ महानगर

काठमाडौ । काठमाडौँ महानगरपालिकाले सुर्तीजन्य पदार्थ आजदेखि जफत गर्न थालेको छ ।

बेचेको भेटिए पसल बन्दसम्म गराउन सक्ने सूचना सार्वजनिक गरी महानगरपालिकाले पसलहरूको अनुगमन सुरु गरेको हो ।

खैनी ,चुरोट, गुट्खा, सुर्तिजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक भन्दै बन्द अभियान थालेको हो ।

जथाभावी फालिएको सुर्तिजन्य पदार्थका प्याकेटले ढललाई समेत जाम बनाएको छ । कपालको रौँ झै टाँसिएर बस्दा पटकपटक जाम खोल्न समस्या भएको र स्वास्थ्यसँगै वातावरणलाई पनि असर गरेको भन्दै काठमाडौँ महानगरपालिकाले सुर्तिजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्ध लगाउन सूचना सार्वजनिक गरेपनि ठाउँठाउँमा बेचेको पाइएपछि महानगरले अनुगमनलाई तिव्रता दिएको छ ।

बिहीबारबाट सुरु गरेको अनुगमनका क्रममा बालाजु, अनामनगर, बानेश्वर लगायतका स्थानबाट २ बोरा, जडिबुटी र कोटेश्वर क्षेत्रबाट २ झोला र अरु विभिन्न क्षेत्रबाट ३ बोरा सुर्तीजन्य पदार्थ भेटिई जफत गरेको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर २८, २०: ५३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर २८, २०: ५३

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर २८, २०: ५३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...