सिरहा । बाल यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका युवक अदालत सिरहा अगाडीबाटै फरार भएका छन् ।
यौन दुराचार अभियोगमा हिजोमात्र पक्राउ परेका लहान २१ का ३६ वर्षीय छोटु सदाय मुसहर म्याद थपको लागि जिल्ला अदालत पुर्याएका बेला अपसान्ह सरकारी वकील कार्यालय अगाडीबाटै फरार भएका हुन् ।
इलाका प्रहरी कायालय लहानले म्याद थपका लागि सरकारी वकील कार्यालय पुर्याइ हतकडी खोलेर गाडीबाट ओराल्ने क्रममा
भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले बताए । फरार सदायको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...